प्रचण्डलाइ कानेखुशी गर्दै अशोक खड्काले भने – कस्तो लाग्यो सैनामैनामा युवाहरुको एकता …!

प्रकाशित मिति:

दीपक न्यौपाने , बुटवल । पहिलो पटक रूपन्देहीको सैनामैनामा मुर्गिया फुटबल क्लबले आयोजना गरेको सैनामैना गोल्ड कप – २०८१ सम्पन्न भए पनी यसको चर्चा परिचर्चा अझै सेलाएको छैन। कतिपयले त तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगता भन्दा माथिको झल्को दिनेगरी कार्यक्रम सम्पन्न भयको टिप्पणी गरेका छन् भने कतिपयले पहिलाे प्रतीगोगीता भयर आयोजक धेरै हौसिएको बताइरहेका छन् । तर आयोजक मुर्गिया फुटबल क्लबले धेरैकाे अनुमान बिपरित एकातिर समापन कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ उपस्थित गराएर कार्यक्रमलाइ थप गरिमा बढाए भने अर्कोतिर खेलकुद र सामाजीक बिकासमा नगरका युवाहरु सदैब एकजुट हुन्छन भन्ने पुष्टी भने गरेका छन् । फाल्गुन २८ गते तामझाम सहित सम्पन्न भयको फाइनल प्रतिस्पर्धाकाे उपाधी कपिलवस्तु ११ ले चुमेको चर्चा सेलाइसक्दा प्रतियोगिताको संयोजक अशोक खड्काले प्रचण्ड सङ्ग गरेको कानेखुसीको चर्चा चुलिदो छ ।

मुसुमुसु हाँस्दै अबेर गरी स्टेजमा आएका प्रचन्डलाई दरिलो हात मिलाउँदै दुबुको मालाले स्वागत गरेका खड्काले आफ्ना कुरा खुलेर राखेका थिए। जती बेला आयोजन मुर्गिया फुटवल क्लवका अध्यक्ष प्रविन भारी प्रमुख अतिथीकाे सुरक्षाका लागी स्वयंसेवक सङ्गै तल बसेका थिय। भर्खरै मात्र नवनिर्मित सैनामैना फुटबल रंगशालाको प्याराफिटमा बसेर खेल हेरेका दर्शकलाइ हात हल्लाउँदै बसेका प्रचण्डलाइ सैनामैनाका नगरप्रमुख फणिन्द्र शर्माले भन्दा धेरै कुरा खड्काले नै सुनाए। घरी घरी कानेखुशी गर्दै खड्काले पहिलो पटक आयोजना गरेको प्रतियोगीतामा तपाईको उपस्थितिले थप हौसला बढेको भन्न नपाउँदै प्रचण्डले आफु पनी पुर्व फुटबल खेलाडी भयको भन्न भ्याईहाले । खेलकुदमा आफ्नो रुची रहेको बताएका उनले खेलकुदकाे विकासका लागी सैनामैनाका राजनितीक दल,युवा व्यक्तित्व र आम नगरबासी एकजुट भयको देख्दा खुशी प्रकट गर्नु अघी नै खड्काले यहाको युवाहरुको एकता र खेलकुदकाे माहोल कस्ताे पाउनु भयो भनेर कानेखुशी मै भनेका थिए ।

प्रतियोगिताका संयोजक खड्कालाइ पुर्व प्रधानमन्त्री जस्तो विशिष्ठ व्यक्तिले कानेखुशी गर्दै प्रसंशा गरे पछी के नै चाहियो र ..? उनमा यति धेरै खुसीको भाव झल्किन्थ्यो भन्ने कुरा अगाडी बसेर तस्बीर खिच्ने पत्रकारहरुले मेसो पाइसकेका थिए । प्रचण्डलाइ कार्यक्रममा ल्याउन महत्पूर्ण भूमिका खेलेका हाल काठमाडौं निवासी सैनामैना वार्ड नम्बर ६ का युवा व्यक्तित्व दीपक पन्थले भने _ अशोक जीमा एउटा परिपक्वता र माहोल बुझ्न सक्ने व्यक्तिको रूपमा चिन्ने मौका पाइयो। खेलकुद र नगर विकासमा उहाँ जस्ता युवाहरुकाे आबश्यक्ता देखिन्छ । हरेक युवाले समय अनुसार आफूलाई ढाल्नु सिक्नु पर्छ । जुन गोल्डकप संयोजक र विभिन्न उपसमितिका युवाहरुमा देखियो । ”