रामपुर जेसिजको आयोजनामा दन्त शिविर तथा शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति:

“स्वस्थ मुख, स्वस्थ शरीर, उज्ज्वल भविष्य!” नाराका साथ रामपुर नगरपालिका पाल्पामा स्थापित रामपुर जेसिजको आयोजनामा दन्त शिविर तथा शैक्षिक सामाग्री वितरण सप्पन्न भएको छ ।विश्व मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा शुभकामना दिनुहुदै रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाणंले सामुदायमा रहेका बालबालिकाको स्वास्थ्य क्षेत्रमा जेसिजले सहयोग गरेको मा धन्यवाद व्यक्त गर्नु भयो ।
रामपुर जेसीज (p) बर्ष २०२५ का अध्यक्ष शंकर बहादुर खाणंको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुमन प्रसाइले कार्यक्रम सन्चालन गर्नु भएको थियो । होराईजन डेन्टल क्लिनीक प्रा. ली रामपुर पाल्पाको प्राबिधीक सहयोग र रामपुर जेसिजको आयोजनामा नि:शुल्क दन्त परिक्षण तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सप्पन्न भएको हो । शंकर आधारभूत वडा न -१, फुर्केचौर,रामपुर पाल्पामा मुख तथा दन्त सेवा महत्त्वको पुर्याउने उदेश्यले सहयोग गरेको शकर श्रेष्ठले बताउनु भयो । कपि कलम ब्रस,टुथपेष्ट जस्ता सामाग्री वितरण गरिएको रामपुर जेसिजका कानुनी सल्लाहकार छम दरैले बताउनु भयो ।