प्रकाश न्यौपाने
चैत ८ गते
नवलपरासी । प्रदेश फुटबल संघद्वारा आयोजित दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधी जनजागृती युवा क्लव बर्दियाले हात पार्न सफल भएको छ ।फर्साटिकर युवा क्लब रुपन्देही र जनजागृती युवा क्लब बर्दिया बिच भएको फाईनल खेलमा फर्साटिकरलाई शुन्यका विरुद्ध एक गोल गर्दै बर्दियाले जित हात पारेको हो ।
खेलको पहिलो हाफको २४ औं मिनेटमा जनजागृती युवा क्लबका जर्सी नम्बर १५ सुनिल आले मगरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको छ ।अन्तिम समयमा तीन मिनेट थप गरीएपनी फर्साटिकरले कुनै पनि गोल गर्न नसकेपछी अन्ततः बर्दिया उपाधी उचाल्न सफल बनेको छ ।खेलको “म्यान अफ द म्याच”गोलकर्ता बर्दियाका सुनिल आले भएका छन ।
प्रथम हुने टिमले रु २ लाख २२ हजार २ सय २२ रुपैयाँ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेका छन ।
पुरस्कार बितरण समारोहमा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले फुटवलमा अहिले पनि संघियता आउन नसकेको उल्लेख गर्दै दुरदराजका ग्रामीण बस्तिमा समेत खेलकुदका कार्यक्रम मार्फत दक्ष खेलाडीको खोजी गर्नु पर्नेमा जोड दिनु भयो ।
चैत्र २ गतेबाट ८ गते सम्म बर्दघाट १६ स्थित सुर्यनगर रङ्गशालामा संचालन गरिएको फुटबल लिगका लागि बर्दघाट नगरपालिकाले ५ लाख रुपैया बिनियोजन गरेको फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङले जानकारी दिनु भयो । खेलका ७ जिल्लाका ७ वटा टिम (जिल्ला लिग च्याम्पियन )हरुको सहभागीता रहेको थियो ।पछिल्लो समय पुर्वाधार युक्त सुर्यनगर रंगशाला सबै खेलप्रेमिहरुको रोजाईमा पर्ने गरेको छ ।