चैत्र ९ गते
नवलपरासी । पश्चिम नवपरासीकाे बर्दघाट–४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बिदाइ तथा सम्मान गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका सदस्य एबम आर्थिक समितीका सयोजक डालाराज पाण्डेले विद्यार्थीहरू राष्ट्रका कर्णधार भएकाले उनीहरूलाई अध्ययनमै ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले अहिलेको समयमा सामाजिक सञ्जालमा अत्यधिक समय बिताउनको साटो पठनपाठनमा ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
क्याम्पसमा स्नातक तह शिक्षा र व्यवस्थापन संकाय सञ्चालनमा रहेको छ। कार्यक्रममा क्याम्पस प्रमुख नरेश खनालले विद्यार्थीहरू क्याम्पसका सन्तति भएको बताउनु भयो। अभिभावकहरू सन्ततिको सफलतामा खुसी हुने उल्लेख गर्दै उहाँले विद्यार्थीकाे सफलतामा क्याम्पस खुसी हुने र क्याम्पसले हरपल विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा प्राध्यापकहरू पशुपति चौधरी, नेत्रलाल न्यौपाने, अर्जुन पाण्डे लगायतले विद्यार्थीहरूलाई सफल र उज्ज्वल भविष्यकाे शुभकामना दिनु भयो।बिबिएस चौथो वर्षकी अस्मिता भुसाल र बि.एड चौथो वर्षकी रेष्मा बि.क.ले आफ्नो अनुभव बाँड्दै क्याम्पस र प्राध्यापकहरुप्रतिको आभार व्यक्त गर्नु भयो।
मुकुन्द राज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पदमा तिवारी र अस्मिता बस्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।