नवलपरासी तरुण दलको सदस्यता बितरण तिब्र , सातै पालिकामा प्रतिनिधि खटाईयो

प्रकाशित मिति:

 

नवलपरासी

नेपाल तरुण दल नवलपरासीले पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाएको छ । सोमबार नवलपरासीमा तरुण दलको बैठक बसेर केन्द्रको निर्देशन र परिपत्रअनुसार पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको तरुण अध्यक्ष सुक बहादुर गुरुङले बताउनुभयो ।


उहाले कार्यसमितिको सुझाव र सरसल्लाह अनुसार नै पूर्णकालीन सदस्यता वितरणको काम पूरा गरि केन्द्रमा प्रतिवेदनसहित फारमहरू पठाउने जानकारी दिनुभयो ।


सदस्यता बितरण समावेसितालाई ध्यानमा राखी दुई जना केन्द्रिय सदस्य सहित सातै वटा पालिकामा प्रतिनिधि समेत खटाईएको गुरुङले बताउनु भयो ।


तरुण दलको अधिवेशन समयमा पूरा गर्नका लागि नेपाल तरुण दल नवलपरासीले वडा देखि जिल्ला तहमा सबै तयारीका साथ अघि बढिएको जनाएको छ ।समयमै अधिबेशन सम्पन्न गर्ने गरि तयारी गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।चैत्र मसान्तसम्म सम्म सबै बिवरण केन्द्रमा पठाईसक्नु पर्ने छ ।