लागुऔषध दुरुपयोग नियन्त्रण साइबर अपराध र लैङ्िगक हिंसा सम्बन्धि एक दिने सचेतना कार्यक्रम

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यलय स्याङ्जाको आयोजना र चापाकोट नगरपालिकाको व्यवस्थापनमा लागुऔषध दुरुपयोग नियन्त्रण साइबर अपराध र लैङ्िगक हिंसा सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । जनहित मावि ,गङ्गालाल मावी र किसान प्राविधिक शिक्षालय का करिव १ सय जना विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी प्रमुख शालिकराम शर्माले गर्नु भएको थियो ।चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाण इस्वरले विद्यार्थीहरु लागुऔषध तर्फ आकर्षित भइरहेका बेला नियन्त्रण गर्न सचेतना कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख खडक सुवेदी चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख रमेश गौतम लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।जिल्ला प्रशासन कार्यलय प्रमुख सुनिता नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा राना र कार्यक्रम सन्चालन गर्नुभएको थियो ।