निम सस्था द्वारा निशुल्क स्वास्थ्य शिविर ९ सय ५० जना लाभान्वित

प्रकाशित मिति:

स्याङ्जाको चापाकोट नगरपालिका वडा न ८ बेलडाडा आधारभुत स्वास्थ्य केन्द्र मा संचालित १५ दिने विशेष स्वास्थ्य शिविरमा वडा न ८ सहित नगरभित्रका ९ सय ५० जना विरामी लाभान्वित भएका छ्न । चापाकोट नगरपालिकाका जनतालाइ स्वास्थ राख्नका लागि नगरपालिका गैरसरकारी सस्थाको सहयोगमा निरन्तर लागि रहेको नगर उप प्रमुख इशा रानाले बताउनु भयो ।

नगरपालिका फान्स बाट आएका डाक्टर गरुडा र नर्सहरुको समूह र पाटन हस्पिटलका डाक्टर रोसना गोपाली सहितको टोलिले १५ दिन सम्म सन्चालन गरिएको शिविरमा अन्तरङ्ग र बाहिरङ्ग सहित स्त्रीरोग ,बाल रोग,भिडियो एक्सरे,इसिजी आखा सहितको उपचार गरिएको वडा न ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने राजुले बताउनु भयो ।आफ्नो वडा मा १५ दिन लामो बसाइँमा वडाबासिको उपचारमा सहयोग गरेकोमा निम सस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । निम सस्थाले चापाकोटका सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको निम सस्थाका अध्यक्ष शंकर गैरेले बताउनु भयो ।