थोरै बजेट भए पनि दलित अल्पसंख्यक र पिछडिएका बर्गका नागरिकको शसक्तिकरणका लागि तालिम आयोजना गरिएको चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले बताउनु भएको छ । चापाकोट नगरपालिकाको हलमा आज भएको दलित अल्पसंख्यक र पिछडिएका क्षेत्रका ६० जना अगुवा कार्यकर्तालाइ तालिम आयोजना गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समित सदस्य गिता खांण,निर्मला नेपाली नगर प्रबक्ता अर्जुन खाण,वडा न १ का वडा अध्यक्ष भुपराज वोस्ती, नेपाली काङ्ग्रेसका नगर सभापति विक्रम सारु नेकपा एमाले नगर प्रतिनिधि राजु भट्टराई सिताराम गैरे,प्रतिभा परियार श्रीराम घिमिरे लगाएतले दलित अल्पसंख्यक पिछडिएका बर्गका क्षेत्रमा आफ्ना भनाइ व्यक्त गर्नुभएको थियो ।प्रशिक्षक लिल बहादुर रनपालको सहजीकरणमा भएको कार्यक्रम चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम को अध्यक्षता स्वागत महिला तथा बालबालिका शाखा प्रमुख कल्पना बस्ताकोटी र सन्चालन शान्ती श्रेष्ठले गर्नु भएको थियो ।