बुटवल । एनआईसी एशिया बैंकले बाणगंगा–७ वनगाई कपिलबस्तुका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमा वापत १० लाख प्रदान गरेको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका डुकराज पन्थीकोे परिवारलाई दुर्घटना बीमा वापतको रकम रु. १० लाख उपलब्ध गराएको छ ।
कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका, वडा नम्बर ७ वनगाई, घर भई शान्ति चोक शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका मृतक पन्थीको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम निजको श्रीमती सावित्रा पौडेललाई यस बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।मृतक पन्थीको नाममा खोलिएको सर्वश्रेष्ठ बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।