तिलोत्तमा नगरपालिका ओआईडिपिको अनलाईन भोटिङ्गमा विश्वमै उत्कृष्ट

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताकाे अनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाएकाे छ।अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको थियो।प्रारम्भिक सूचीमा परेपछि मतदानको आधारमा छनौट गरिएको हो ।ओआईडिपीले नगरप्रमुख रामकृष्ण खाणलाई सम्बाेधन गर्दै पठाएकाे पत्रमा तिलोत्तमा अनलाईन भाेटिङ्गमा सर्वाेत्कृष्ट अनलाइन भाेट पाउने पालिका बनेकाे उल्लेख गरिएकाे छ ।

‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि तिलोत्तमा नगरपालिकाले पेश गरेको ग्रीन क्लीन तिलोत्तमा अभ्यासलाई १९ औं ओआइडिपी पुरस्कार नागरिक सहभागितामा उत्कृष्ट अभ्यासको ओआइडिपी समुदायले सबैभन्दा बढी मतदान गरेको अभ्यासलाई विशेष उल्लेखका साथ मान्यता दिइएको छ। तपाईंको पहलले सहभागितामा १७३६ मत प्राप्त गरेको छ’पत्रमा भनिएको छ–‘ओआइडिपी पुरस्कार तपाईंको समर्थनको लागि सहनिर्मित विश्वव्यापी पहल हो, जुन समुदायहरूबाट लोकतन्त्रको रक्षा गर्न स्थानीय कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। हामी तपाईंलाई यो मान्यताको लागि बधाई दिन्छौं र सहभागितामूलक लोकतन्त्रलाई प्रवर्द्धन गर्ने तपाईंको प्रयासको प्रशंसा गर्छौं ।’

१९ औं ओआइडिपी पुरस्कारको लागि पुरस्कार समारोह मे २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा आयोजना हुने २४ औं ओआइडिपी सम्मेलनको समयमा हुने जनाइएको छ ।तिलोत्तमाका मेयर रामकृष्ण खाणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० भित्रमा छनोट भएको र शुत्रवार त्यसको टुंगो लागेको हो ।ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँचवटा विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागीतामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेर आज त्यसको नतिजा आएको उनले जानकारी दिए ।तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागीतामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान गर्दै आएको छ । आठौं वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४१औं श्रृंखला सम्पन्न भएको मेयर खाणले जानकारी दिए ।