आफ्नै प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने लाइ जन्मकैदको फैसला

प्रकाशित मिति:

पुष १९ सबलपोस्ट / अर्घाखाँची

प्रेमिसंग मिलेर आफ्नै श्रीमान धन बहादुर घर्तीको हत्या गरि बोरामा बाधेर डिभनार्को जङ्गलमा फाल्ने श्रिमती र उनका प्रेमीलाइ जन्म कैदको फैसला सुनाएको छ । माइती घरमा आएको समयमा श्रिमानको हतया गर्ने कपिलवस्तुकी राधा घर्ती र उनका प्रेमी रमेश वि.क.लाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको हो ।त्यस्तै घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवानाको फैसला सुनाएको छ । गत भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको थियो ।

सन्धिखर्क–१२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वडा नम्वर–७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो । जसको हत्यारा उनकै श्रिमती हुन ।