एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि

प्रकाशित मिति:

बुटवल, चैत १८ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफएनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले प्राप्त गरेको छ । सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टेलिभिजनलाई ८–२ गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो । कर्पोरेट तर्फ विजेता एशोसियसन नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने । शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भएका थिए ।यसैगरी मिडिया कपतर्फ विजेता ग्लोबल आवाजले नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टिभीले नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, पत्रकार महासंघका रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले वताउनु भयो ।