डा.केसी प्रति ऐक्यवद्धता प्रर्दशन,प्रर्दशनमा प्रहरी हस्ताक्षेप, दुवै तर्फ केही घाइते

प्रकाशित मिति:

२२ दिन देखी आमरण अनसनमा रहेका प्रा.डा.गोबिन्द केसीको समर्थनमा शनिबार काठमाण्डौमा बिशाल नागरिक प्रर्दशन भएको छ । सोलिडारिटी फर डा.केसी अलाइन्सले आयोजना गरेको प्रर्दशनीमा पुर्व प्रधानन्याधिश शुशिला कार्की। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई। अभिनेत्री मनिषा कोइराला , मानव अधिकारकर्मी कृष्ण पहाडी , ओम प्रकाश अर्याल, गगन थापा, रबिन्द्र मिश्र, उज्जवल थापा लगायत प्रर्दशनीमा छन् । सांकेतिक रुपमा बेलुन उडाउने कार्यक्रममा माफियाको साथीको रुपमा ओलीतन्त्रको बेलुनको रुपमा अडाउन लागेको बक्ता ओम प्रकाश अर्यालले बताए । कार्यक्रममा बेलुनलाई आकाश तर्फ उडाइएको थियो । कार्यक्रममा बोल्दै पूर्व प्रधानन्याधिस शुशिला कार्कीले गोबिन्द केसीको सत्याग्रह कसैको पक्षमा नभई जनताको आवास बोलेर अनसन बसेको बताइन् । उनले गोबिन्द केसीले अहिले नै अमरत्व प्राप्ती गरिसकेकोले उनलाई केही स्वार्थ नभएको बताइन् । कार्कीले आफुले कुनै बाद सिकाउन भन्दा पनि ठेकेदारलाई मोटाएर समाजवाद नखोज्न आग्रह गरिन । आम नागरिक सरकारको बिरोधीको रुपमा भन्दा पनि सरकारले जनतालाई स्विकार गर्न आग्रह गरिन । कार्यक्रममा मानवअधिकारकर्मी कृष्ण पहाडीले अहिलेको सरकार लोकतन्त्र बिरोधी बन्द गर्दै गएको बताए । उनले अहिलेको सरकार बिधिको शासन र शुसासन बिरोधी समेत भएको आरोप लगाए । सरकारले अदालतलाई नटेर्ने र सबै साठी हजार संस्थालाई एउटै डालोमा हालेर सबै एनजिओलाई एउटै ठानेको आरोप लगाए । उनले अहिलेको सरकार कुशासनको प्रयाय भएको बताए । सरकारले संबिधानमा लेखिएका धेरै कुरा स्विकार गर्न नसकेको आरोप समेत लगाए । पहाडीले मन्तव्य राख्दै गर्दा प्रहरीले अश्रुग्याँस सहित हस्ताक्षेप गरे पनि पहाडीले आग्रह गरे पछि आन्दोलकारी शान्त भएका थिए ।

 

यसै बिच आमरण अनसनरत डा। गोविन्द केसीका मागको समर्थनमा नेपाली कांग्रेस निकट तरुणदलले निकालेको ¥यालीमा प्रहरीले लाठी चार्ज गरेको छ ।

बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतसहति केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले ८ सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर केही प्रहरी समेत घाइते भएका छन् ।