बुटवलमा यही चैत २८ गतेदेखि राष्ट्रिय परिचयपत्र तथागरिब घरपरिवार परिचयपत्र बितरण हुने भएको छ ।मंगलबार बुटवल उपमहानगरपालिकामा बसेकाे वडा अध्यक्ष,कार्यपालिका सदस्यहरू,राष्ट्रिय परिचयपत्र तथापञ्जिकरण महाशाखाबाट खटिएका अधिकृतहरूकाे बैठकले बुटवलमा पर्सि बिहीबारदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने निर्णय गरेको हो ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र बितरण स्थानीय तहका वडा कार्यालय मार्फत बितरण हुनु स्वातयाेग्य भएको भन्दै त्यसमा सहजिकरण गरिदिन वडा अध्यक्षहरूलाई आग्रह गरे ।
वडा बाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने ब्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहज हुने कुरामा सहजिकरण गर्नु जनप्रतिनिधिकाे दायित्व भएको स्मरण गराए ।उनलेे परिचयपत्र बितरणका क्रममा कुनै समस्या
आएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गर्ने बताए ।उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरणमा जनप्रतिनिधिले सहजिकरण गर्ने जरुरी रहेको बताइन् ।साे अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर अपरेटर तथा अभियान सुपरभाइजर दिपक आचार्य,राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत रूपन्देही जिल्ला इन्चार्ज अमृत पाैडेल,बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्याललगायतले राष्ट्रिय परिचयपत्र बितरण प्रक्रिया बारे जानकारी गराएका थिए ।
रूपन्देही जिल्लामा बुटवलबाट सुरु हुन लागेको परिचयपत्र बितरण पहिलो चरणमा बुटवलकाे वडा नं २,३,४,५,७,८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गरिने नगर प्रमुख पाण्डेयले जानकारी दिए ।परिचयपत्र लिन स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने र परिचयपत्र लिन आउदा आवेदन फारम भरेको भर्पाई लिएर आउनुपर्ने त्याे नभए नागरिकताकाे प्रतिलिपी लिएर आउनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका कर्मचारीहरूकाे भनाइ छ ।