नयाँ रेकर्ड- सुनको मूल्य तोालमा २७ सय बढ्यो

प्रकाशित मिति:

काठमाडौं, वैशाख – नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एकैपटक तोलामा २७ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।