बुटवल । पिपलधारा सम्पर्क समिति विश्व सन्जालले प्रकाशित गरेको नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो एक विषेश समारोहका बीच लोकार्पण भएकोछ। कार्यक्रममा संजालका पुर्व अध्यक्ष टोपबहादुर गौतम, पुर्व जनप्रतिनिधि तेजबहादुर गौतम, कर्नेल दुर्गा बहादुर थापा, पत्रकार बिक्रम खड्का, समाजसेवी लालबहादुर केसी, महिला नेतृ रिता केसी/सुनिता जिसि, अधिकारकर्मी अर्जुन ज्ञवाली, समाजसेवि अमिर खड्का, रामजी केसी, सुर्य विक्रम गौतम, पत्रकार महेन्द्र थापा, समाजसेवी सरोज गौतम, आशिषबर सिंह थापा , बिनोद खड्का, थम्मन थापा लगायतको उपस्थिति थियो।
सो अवसरमा एकअर्का विच नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा पिपलधारा चौतारी विश्व संजालले गरेका विभिन्न समाजिक कार्यको मुक्त कण्ठले प्रसम्सा गरिएको थियो ।झन्डै एकदशक देखि पिपलधारेहरु बिच आपसी सहयोग र भाइचारको सम्बन्ध बिस्तार गर्न संजाल क्रियाशिल रहेको छ। ।संजालले एम्बुलेन्स लगायत थुप्रै सामाजिक तथा आर्थिक क्षेत्रमा काम गरेकोछ ।कार्यक्रममा पिपलधारा सम्पर्क समिति विश्व संजालका पुर्व अध्यक्षको समाजसेवी टोपबहादुर गौतमको अध्यक्षता, संजालका नेपाल सहसंयोजक अमिर खड्काको स्वागत तथा सल्लाहकार अर्जुन ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।