राधे राधे ! को कतिबेला खुशी हुन्छन् ? हेर्नुहोस् आजको नीति वचन !!

२० पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2K Shares


तुष्यन्ति भोजने विप्रा मयूरा घनगर्जिते । 
साधवः परसम्पत्तौ खलाः परविपत्तिषु ।। – चाणक्य

भोजनका समयमा ब्राह्मण, मेघ गर्जिएका वेला मयूर, अरुले सम्पत्ति आर्जन गर्दा सज्जन र विपत्ति पर्दा दुर्जन खुशी हुन्छन् ।

व्यक्ति र वस्तु अनुसार खुशी हुने भिन्ना भिन्नै समय हुन्छन् । यही कुराको चाणक्यले व्याख्या गरेका छन् । विशेषतः भोजन गर्ने समयमा ब्राह्मणको चेहरामा कान्ति छाउने गर्दछ । अर्थात् ब्रह्मण भोजनले खुशी हुन्छन् । यसैगरी मेघ गर्जिएका वेला मयूर खुशी हुने गर्दछ । मयूरका निम्ति मेघको गड्गडाहट प्रिय हुने गर्दछ । साथै अरुले सम्पत्ति आर्जन गर्दा सज्जन खुशी हुने गर्दछन् । सज्जनले सधै अरुको भलो चिताएका हुन्छन् भने अरुको अवनति चाहने खल हुन् भनिएको छ । विपत्तिमा खुशी हुनु दुर्जन अर्थात् खल व्यक्तिको लक्षण हो । अतः हामी सज्जन बन्न सक्नुपर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप