एनआरएनएको एकता महाधिवेशन विवादमा मिसिल झिकाउने आदेश

प्रकाशित मिति:

काठमाडौं, वैशाख- गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।महान्याधिवक्ताको कार्यालयले ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा पेस गरेको निवेदनविरुद्ध राजेश शमशेर राणाले दायर गरेको अर्को रिटमा सर्वोच्चले बुधबार उक्त आदेश दिएको हो।

परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप महान्याधिवक्ताको कार्यालयले ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा निवेदन पेस गरेको थियो । त्यसविरुद्ध राणाले अर्को मुद्दा दिएका हुन्।सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले मिशिल झकाउने आदेश गरेको हो । राणाले तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दिएका थिए। गत वैशाख ८ गते सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले तोकिएकै मितिमा महाधिवेशन गराउन परिपत्र गरिसकेको छ । यो विवादमा अब सुनुवाइको अर्को पेसी तोकेर निर्णय हुने भएको छ।