के तपाईं धेरै टिभी हेर्नुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोस्

प्रकाशित मिति:

डा. सुदर्शन मास्के- तपाईंमा धेरै टेलिभिजन (टिभी) हेर्ने सोख त छैन ? यदि त्यस्तो छ भने अब सावधान हुनुहोस् । हालै भएको एउटा अनुसन्धानअनुसार चार घन्टाभन्दा बढी समय टिभी हेर्नु स्वास्थ्यका लागि घातक हुने देखिएको छ । बेलायतको ग्यास्गो विश्वविद्यालयले तीन लाखभन्दा बढी मानिसमा गरेको अध्ययनअनुसार यस्तो नतिजा आएको हो । अनुसन्धानकर्ताहरूले टिभी हेर्ने आदत भएका मानिसको दुई समूह बनाएका थिए । पहिलो समूहमा चार घन्टाभन्दा बढी हेर्ने थिए भने दोस्रोमा त्योभन्दा कम । जसअनुसार कम टिभी हेर्नेहरू स्वस्थ जीवन जिउनेको लिस्टमा परे । यी मानिसको टिभी हेर्ने समय दुई घन्टा दुई मिनेटको थियो । योभन्दा अलि बढी टिभी हेर्नेहरूको स्वास्थ्य अवस्था केही खराब भेटियो ।

वैज्ञानिकहरूले दैनिक चार घन्टाभन्दा बढी टिभी हेर्ने मानिसको पनि परीक्षण गरे । ती लामो समयसम्म टिभीको सामुन्ने बस्नेहरूको मानसिक स्वास्थ्य खराब पाइयो । उनीहरूमा धूम्रपान, मद्यपान तथा गलत खानपानको लत पाइयो । यस्ता लत भएका मानिसमा हृदयरोगको खतरा देखियो । यसका साथै उनीहरूमा मोटोपन, चिडचिडाहट आदिको समस्या भएको थियो ।

शोधकर्ताहरूको दाबी छ कि, लगातार अढाई घन्टा वा योभन्दा पनि बढी समय टिभी हेरेमा पल्मोनरी एम्बोलिस्मको खतरा हुन्छ । यो अवस्थामा मानिसको खुट्टाको नसामा ब्लड क्लट (रगतको थक्का) हुन्छ । यस्तो हुँदा कलेजोमा हुने रगत प्रवाहको गति रोकिन सक्छ । रोकिएमा मानिसको मृत्युसमेत हुन सक्छ ।