गोपिकृष्ण रेग्मी- बैशाख १२, आर्थिक अभाव र उचित सहयोगको अभावका कारण रामपुर नगरपालिका वडा न ६ तिलपुरमा बसोबास गर्ने १० वर्षका अपाङ्ग बालक पवन कुमाल फालमको खोरमै दिन बिताउन बाध्य भएका छन्।
शारीरिक रुपमा अपाङ्ग रहेका ती बालक हिँडडुल गर्न असमर्थ छन्। गरिबीका कारण उनका अभिभावक कृष्ण बहादुर कुमाल विगत ८ वर्ष देखि ओमनमा वैदेशिक रोजगारिमा छ्न । जुम्ल्याहा जन्मेका २ छोरा मध्ये एक छोरा प्रविन कुमाल भने नजिकै रहेको नवदुर्गा माविमा कक्षा ६ मा पढछ्न । आर्थिक अभावकै कारणले सहायक उपकरण उपलब्ध गराउन सकिरहेका छैनन्। नगरपालिकाले सिलाइकटाइ मेसिन दिएको छ आफू सङ्ग सीप छैन। वडा र पालिका बाट अपाङ्ग कार्ड बाहेक केही सहयोग नगरेको आमा पुर्ण कुमारी कुमालले बताउनु भयो ।परिवारको आयस्रोत कमजोर हुँदा बालकलाई विद्यालय लैजानु त परै जाओस्, घरबाहिर ल्याउनु पनि सम्भव छैन।
“छोरालाई बाहिर पुर्याउन मन लाग्छ, तर हाम्रो हालत कमजोर छ,” बालककी आमा पुर्णकुमारी कुमालले भनिन “हामीले धेरैपटक स्थानीय निकायमा सहयोगको लागि गयौँ, तर अहिलेसम्म कुनै ठोस सहायता पाएका छैनौँ।” काठमाडौ टिचिङ अस्पतालमा नेपाल टेलिकमको सहयोगमा केही वर्ष पहिले छोराको उपचार भएको थियो ।मस्तिष्क र खुट्टाको अपरेसनमा ७ लाख खर्छ लाग्ने भने पछि उपचार गर्न नसकिएको उहाँको भनाइ छ । बोल्न नसक्ने बाटो मा छोडेपछी जतापनी घिस्रीएरै हिडिदिने समस्याले २० हजार खर्च गरेर फलामको खोरमा राखेको बताउनु भयो ।शिक्षा, स्वास्थ्य, र सामाजिक जीवनबाट टाढा रहनुपरेको उक्त बालकका लागि सरकारले प्रदान गर्ने सुविधा र सहयोग पुग्न नसक्नु चिन्ताजनक विषय बनेको छ।सामाजिक अभियन्ताहरू भन्छन्, “अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न राज्य र स्थानीय निकाय दुवैले गम्भीर ध्यान दिनुपर्छ। यसरी बालबालिका खोरभित्र सीमित हुनु परिवारको बाध्यता भएको पुर्णाकुमारी बताउनुहुन्छ।”