केटीहरूसँग नजिक हुन चाहनुहुन्छ ? यस्ता छन् तपाईंलाई काम लाग्ने टिप्स ! जान्नुहोस् ?

प्रकाशित मिति:

केटीहरुसँग कसरी कुरा गर्ने भन्ने कतिपय पुरुषलाई थाहा हुँदैन । र, उनीहरू  केटीहरुसँग नजिक हुन सकिरहेका हुँदैनन् । तपाईं पनि त्यस्तै अवस्थामा हुनुहुन्छ भने यी टिप्स उपयोगी बन्न सक्छन्  – भावनाका विषयमा कुरा गर्नुहोस् ।– आवश्यकभन्दा धेरै नजिकै पनि नबस्नुहोस् । – बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति केटी बढी आकर्षित हुन्छन् भन्ने कुरा ख्याल गर्नुहो्स । र, सोहीअनुसार व्यवहार गर्नुहोस् । – महिलालाई झर्को वा दिक्क लाग्ने कुरा कहिल्यै नगर्नुहोस् । – आफ्नो परिचय नलुकाउनुहोस् ।

– बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारे कुरा गर्दा राम्रो हुन्छ ।– तपाईंप्रतिको उनीहरुको व्यवहार कस्तो छ भनेर ख्याल गर्दा झन् राम्रो ।– नम्र र केही घुमाउरो तरिकाले प्रश्न सोध्ने गर्नुहोस् । – केटीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् । त्यसो भए तपाईंलाई गलत सोच्न सक्छन् । – परिस्थिति विचार गरेर कहिलेकाहीं जिस्क्याउँदा पनि राम्रो हुन्छ । – साथीभन्दा माथिको सम्बन्धका लागि तपाईं आफैं बाधक बन्नुभएको हुन सक्छ । त्यसकारण उनको धारणा बुझ्नु पनि जरुरी हुन्छ । अनि मात्रै आफ्ना कुरा राख्नुहोस् ।