बुटवलमा शर्ट फिल्म फेस्टिभल हुँदै

प्रकाशित मिति:

हरिश ढकाल
बुटवल, २० पुष । आगामी पौष २४ गतेदेखि माघ २ गते बुटवलमा राष्ट्रिय स्तरको शर्ट फिल्म फेस्टिभल आयोजना गरिएको छ । बिशेषतः युवा बर्गलाई आधुनिक प्रबिधिको प्रयोग मार्फत आफ्नो सचित्र रचना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित बेष्ट वान भिडियो मेकिङ्ग प्रतियोगिता नामक उक्त शर्ट फिल्म फेस्टिभल हुने भएको हो ।
उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको सो शर्ट फिल्म प्रतियोगितामा ३० बर्षमुनीका युवाहरुले निशुल्कः सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाईनलमा भने दर्शकहरुका लागि न्यूनतम शुल्कः वापत रु. ९९ सयको प्रबेश टिकट राखिएको आयोजक समितिले जनाएको छ । समितिले बुटवलमा पत्रकार सम्मेलन गरेर यस प्रकारको कार्यक्रमले युवा बर्गमा उर्जा र सिर्जना शक्तिको अभिबृद्धी हुने दावी गरेको छ ।

प्रतियोगितामा सहभागि हुने शर्ट फिल्म कम्तिमा ३० सेकेण्डदेखि १२ मिनेटसम्मको हुने र नेपालसहित बिश्वभरमा रहेको सबै नेपाली युवाहरुले सहभागिता जनाउन पाउने पनि प्रतियोगिताका आयोजकहरुले बताएका छन । प्रतियोगितामा सहभागि हुनका लागि आगामी पौष २४ गते अर्थात सन.२०१९ जनवरी ८ गते मंगलबारसम्म सम्पर्क गरिसक्नु पर्ने पनि उनिहरुले बताएका छन ।

आयोजक संस्था बेष्ट वान नेटवर्क (बि.ओ.एन)ले समाजका बिभिन्न घटनाक्रम, देश काल परिस्थितीसँग सम्बन्धित गतिबिधीहरु र समस्याहरुबारे सचित्र लघु कथा मार्फत युवाहरुको ध्यानाकर्षण गर्न र युवाहरुकै कलात्मक भिडियोहरु मार्पmत् समाजमा जनचेतना जगाउनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रबन्धक अशेष भण्डारीले बताए । समाजका घटनाहरु युवाहरुकै रचनात्मक सर्ट मुभिबाट प्रतिबिम्बित गर्न भि.एम.सि २०१८ गर्न लागेको उनले संचारकर्मीहरुलाई जानकारी गराए ।
भन्डारी भन्छन– संसारभर छरिएर बसेका नेपालीहरुले मादक पदार्थ, लागु औषध, सुर्तिजन्य एवं दुव्र्यसन वा बुलिङ अर्थात हेरेस्मेन्टमध्ये कुनै एक शीर्षकमा ३० सेकेण्डदेखि १२ मिनेटसम्मको सर्ट मुभि बनाई पौष २४ अर्थात जनवरी ८ सम्ममा सहभागिता जनाउन पाउने छन । बि.ओ.एनका मार्केटिङ्ग प्रमुख बसन्तमान जोशीले उक्त मुभिको युट्युव वा गुगल ड्राइभ लिङ्क सहित टिम र भिडियोको नाम धधध.दयल.अयm.लउ मा रहेको भि.एम.सि फारमभरि सो प्रतिस्पर्धामा भागलिन सक्ने जानकारी गराए ।

पौष २४ लगत्तै निर्णायक मण्डलले चयन गर्ने सर्बोत्कृष्ट ३० भिडियो बेष्ट वान नेटवर्कको युट्युव च्यानल र फेसबुक पेजबाट प्रशारण गरिने छन् र सामाजिक संजालमा भोटिङ्ग समेत सुरु गरिने जनाइएको छ प्रतिस्पर्धीले प्राप्तगर्ने अंकमा निर्णायक मण्डलको ६० प्रतिशतभार रहने छ भने बाँकी ४० प्रतिशतभार सामाजिक संजाल अर्थात फेसबुक र युट्युब को भिउ, शेयर र लाइकमा रहने छ । सामाजिक संजालको ४० प्रतिशतभार मध्येको अंकप्राप्तगर्न प्रतिस्पर्धिको भिडियो युट्युमा एक पटक हेरिएमा १ भोट, फेसबुकमा १ लाइक गरेमा १ भोट र १ शेयर गरेमा १ भोटगरि संकलित जोड अंकले प्रतिस्पर्धीको कुल अंक गणना गर्ने छ ।
सो कार्यक्रमको फाइनल आगामी माघ २ गते बुटवलको द्वारिका उदय सिनेमा हल राजमार्ग चौरहाामा हुने छ । सो प्रतियोगितामा उत्कृष्ट बन्नेले २५ हजार, द्वितिय हुनेले १४ हजार ७ सय र तेश्रो हुनेले ७ हजार ७ सय नगद पुरस्कार सहित बिभिन्न उपहारहरु पाउने छन् ।