लायनेश क्लवको स्थापना दिवशमा बिभिन्न कार्यक्रम

प्रकाशित मिति:

हरिश ढकाल–
बुटवल, २० पुस । अन्तराष्ट्रिय आवद्धताका आधारमा बुटवलकै पहिलो महिला क्लव मानिएको लायनेश क्लव अफ बुटवलको ३३ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ । हामी सेवा गर्छौं भन्ने मुल मन्त्रका साथ २०४२ सालमा स्थापित सो लायनेश क्लवको स्थापना दिवशका अवसरमा बिभिन्न प्रतिष्ठित महानुभावहरु, सहयोगी दाताहरु, क्लवका पुर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु लगाएतलाई सम्मान एवं नवप्रबेशीहरुलाई सदस्यता बितरण समेत गरिएको थियो ।

बिपन्न तथा गरिब परिवारका लागि स्वास्थ्य शिबिर, खाद्यान्न, लत्ता कपडा, यात्रुका लागि प्रतिक्षालय, बिद्यार्थीहरुका लागि शैक्षिक समाग्री लगाएतका क्षेत्रमा सेवाभावले सहयोग पुराउने उद्देश्यले स्थापित सो क्लवको स्थापना दिवश समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालीका उपमेयर गुमादेवी आचार्यले मानव सेवानै जिवनको सर्बोत्तम कार्य भएको चर्चा गर्नु भयो । सामाजिक सेवाको क्षेत्रमा लायनेश क्लवले पुराएको योगदानको चर्चा गर्दै उपमेयर आचार्यले स्थानिय तहको सँगको सहकार्य र भु्मिका बढाउनु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

संस्थाका अध्यक्ष स्वेता श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लायन्स क्लव ३२५ बिटुका पुर्व गभर्नर महेन्द्रनाराण श्रेष्ठ, लायन्स डिष्ट्रिक कोषाध्यक्ष सुनिता बजिमय, सिनियर डिष्ट्रिक एड्भाईजर अर्जुनमान सैजु, लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, कार्यक्रम संयोजक मिश्रा श्रेष्ठ, सदस्य बिनु जोशी लगाएतले लायन्स क्लवहरुको भुमिका र सामाजिक बिकासका क्षेत्रमा पुराएको योगदनका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा चारजनालाई नयाँ सदस्यता बितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको थियो ।