नेकपा बर्दघाट नगर कमिटिको सपथ ग्रहण समारोह सम्पन्न

प्रकाशित मिति:

पुष २० / सबलपोस्ट , बर्दघाट

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्यदल पश्चिम नवलपरासीको आयोजनामा नेकपा बर्दघाट नगर कमिटि सपथ ग्रहण समारोह शुक्रबार बर्दघाटमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्यदल सदस्य थान प्रसाद गैरेको अध्यक्षता एवं नेकपा नेता एवं प्रदेश नम्बर ५ का भौतीक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले अब नेपाल कम्युनिष्ट पार्टी नेकपा एक ढिक्का भएर अगाडी बढेको रहेको बताउदै चौधरीले गाउ टोलसम्म सर्वसाधारणले विकासको अनुभुती गर्ने खालका क्रियाकलापहरु, पार्टी पंकती र पदाधिकारीहरु लाग्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा पश्चिम नवलपरासीले पुस २६ गते भित्र सम्पन्न गर्ने गरि जिल्लाको सात वटै स्थानिय तहमा थालेको गाउ नगर कमिटि सपथ ग्रहण अभियान अन्र्तगत शुक्रबार बर्दघाट नगरपालिकामा ७५ सदस्यिय नवगठित नेकपा नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि चौधरीले सपथ खुवाउनुभएको थियो । गत मशिंर २८ गते नेकपा प्रदेश नम्बर ५ ले ईन्द्र कुमार रानाको अध्यक्षतामा ७५ सदस्यिय बर्दघाट नगर कमिटि गठन गरेको थियो ।

सो अवसरमा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, नेकपा प्रदेश नम्बर ५ का प्रदेश कमिटि सदस्य घनश्याम यादव, वृहस्पति अधिकारी, बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल, उपप्रमुख माया पौडेल लगाएतले पार्टीको गतविधि प्रकाश पार्दै शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा पुर्व सासंद सिंधु जलेशा, नेकपा नेता बद्रीनाथ खनाल, जेष्ठ कम्युनिष्ट मञ्चका रामचन्द्र अधिकारी, नेकपा जिल्ला कार्यदल सदस्य सिता बौडेल लगाएतको उपस्थिती रहेको थियो । नेकपा नेता शिवलाल कण्डेलको स्वागत मन्तब्य रहेको को कार्यक्रमको सञ्चालन नेकपा नेता सुर्य न्यौपानेले गर्नुभएको थियो । नेकपा पश्चिम नलवपरासीले जिल्लाको सात वटै स्थानयि तहमा गाउ कमिटि गठन गरि नेकपालाई गाउ स्तरबाट पनि पुर्णता दिने जनाएको छ ।