जनताका समस्या बुझ्न उपप्रमुख वडामा खानेपानी, सडक र रोजगारीको माग

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल
स्याङ्जा—२० पौष
शुक्रवार विहान ७ बजे वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी इन्जिनियर, संचारकर्मी सहितको टोली लिएर वालिङ वडा नम्वर १४ मा पुगिन । उपप्रमुख आउने खवर पाएपछि वडावासीहरु उपप्रमुखलाई स्वागत गर्न फुलमाला सहित बसेका थिए । टोल—टोलमा पुगेर जनताको गुनासो, आवश्कता बुझन् उपप्रमुख उक्त स्थानमा गएकी थिइन् । उनी जानुको अर्थ पनि यो थियो कि गएको हप्ता वालिङ नगरपालिकाले चालु आर्थिक बर्ष २०७५÷०७६ का लागि पुरक संशोधित बजेट पाँचौ नगर सभाबाट पारित गरेको थियो । जनताले माग गरेका योजनाहरु नगरपालिकाले सम्वोधन गर्न सक्यो या सकेन भन्ने विषय बुझन जनताको घर आगनमा पुगेकी हुन् । सबै वडाहरुबाट माग भई आएका योजनालाई बजेटमा समावेस गरि नगरपालिकाले ७१ करोड ५४ लाख ५२ हजार ५ सय ६० रुपैया पारित गरेको थियो । बजेटमा समाबेसी नभएको केही गुनासो बेला बेलामा आउने गरेको र वडा अध्यक्षहरुले जनताले माग गरेका बजेट नगरस्तर सम्म नपु¥याएको दुखेसो वडावासीहरुको थियो ।

वालिङ नगरपालिकाको वडा नम्वर १४ भौगोलिकरुपले ठुलो र जनसंख्या धेरै भएको वाड पनि हो । जनताको टोल—टोलमा पुगेकी तिवारी सगँ आमा समुह, युवा क्लव, समाजिक अगुवाहरुले भेटघाट गरे । सबैको माग खानेपानी, सडक, रोजगारीमा केन्द्रीत रहेको थियो । जनताका न्युनतम आधारभुत आवश्यकताका लागि वालिङ नगरपालिका कार्यालय धाउन भन्दा पनि जनताको घर आगनमा पुगेर जनताको समस्या पहिचान गर्ने उदेश्यले उपप्रमुख तिवारी जनता सगँ प्रत्यक्ष भेटघाटमा लागेको उनी निकटका बताउछन् । भेटघाटमा आमा समुहले भवन, युवा क्लवले खेल मैदान र अन्य सामाजिक अगुवाहरुले राम्रो सडक, खानेपानी, कृषि लगायतका समस्याका बारेमा प्रश्न र जिज्ञासा राखे । अझै पनि ग्रामिण वडाहरुमा खानेपानीको चरम संकट, सुविधायुक्त शौचालय, स्वास्थ्य केन्द्रमा औषधीको अभाव, कृषि प्राविधिक र पशु प्राविधिक, सिंचाई लगायत विषयमा टट्कारो अभाव झेल्नु परेको गुनासो राखेका थिए ।

स्थानीयतहको निर्वाचन भएको करिव डेढ बर्ष बितिसक्दा पनि जनप्रतिनिधि जनताको घर आँगनमा नपुगिरहेका बेला वालिङ नगरपालिका उपप्रमुख तिवारी जनताको घर आँगनमा आएर जनताको समस्या बुझ्नु सकरात्मक भएको स्थानीय सिता गैह्रे बताउछिन् । जनता सगँ प्रत्यक्ष भेटघाट गरेपछि समस्याको पहिचान हुनेछ स्थानीय गैह्रेले भनिन्,“जनताकै आगनबाट बुझेको र देखेको समस्या हल गर्न पनि सजिलो हुनेछ ।” बेला बेलामा जनताको घर आँगनमा पुग्न जनप्रतिनिधिलाई उनले आग्रह पनि गरिन् । अझै पनि नगरपालिका भित्रका वडाहरुमा खानेपानीको ठुलो समस्या रहदै आएको छ ।
जनताको घरदैलोमा पुगेर उपप्रमुख तिवारीले सिमित साधन श्रोतले विकासे आयोजना सम्पन्न गर्न नगरपालिका बाध्य रहेको उल्लेख गरिन् । नगरपालिका नागरिकलाई सबै भन्दा पहिला न्युनतम आवश्यकता पुरा गर्ने अभियानमा छ उपप्रमुख तिवारीले भनिन्,“ नागरिकको आवश्यकता पहिचान गरी आवश्यकता परिपुर्ति गर्न नगरपालिका चाहान्छ ।” नागरिकले पनि आवश्यकतालाई पहिलो प्राथामिकतामा राखेर योजना माग गर्न सबैलाई आग्रह गरिन् । भौतिक निर्माण भन्दा पनि उत्पादनशिलमा ध्यान दिनु आवश्यकता छ उनले भनिन्,“उत्पादनले आर्थिक आर्यस्थर बृद्धि गर्छ भौतिकले ह्रास मात्रै गर्नेछ ।” यस प्रति सबै चनाखो बन्न वडावासीलाई उनले आग्रह गरिन् ।
स्मार्ट सिटी नगरको रुपमा विकसित हुने अवधारणा बोकेको नगरपालिकाले साच्चै नगरवासीको न्युनतम आवश्यकताको पहिचान गर्नु आवश्यकता रहेको छ । ग्रामिण क्षेत्र मिलेर बनेको वालिङ नगरपालिकामा अझै साना—साना समस्या धेरै छन् । यसको तथ्यगत लागत निकालेर नगरवासीको चाहाना पुरा गर्न नगरपालिकाले ५ बर्षे कार्ययोजना तयार गर्नु आवश्यक रहेको देखिन्छ ।