नारी समाज  पोर्चुगलको दोस्रो अधिवेशनको तयारी तीब्र

२० पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares


पुनम गौतम लिस्बन /सबल पोस्ट
महिलाहरुको सुख दुखको चौतारीको रुपमा रहेको नारी समाज  पोर्चुगल दोस्रो अधिवेशन मार्च भित्र गर्ने गरि तयारी तीब्र पारिएको छ । ज्ञट डिसेम्बर द्दण्ज्ञड मा गर्ने गरि तयारी गरिएता पनि समाज की सस्थापक सदस्यको मृत्युको बिचमा अधिबेशन परेकाले स्थगित गरिएको सस्थाकी अध्यक्ष सीता बरालले जानकारी दिनुभयो ।
महिला हिम्सा विरुद्धमा द्दद्द जुन द्दण्ज्ञद्ध मा स्थापना भएको समाजले बिदेशी भुमिमा हिम्सा कसरी हुन्छ भनेर महिला भेला मार्फत कारण पत्ता लगाइ समाधान गर्ने गरेको अध्यक्ष बरालले बताउनु भयो । बेरोजगारीकै कारण पुरुषहरुले महिलाहरूलाई प्रयोग गर्ने हुनाले बेरोजगार न्युनिकरन गर्न  ६  जना महिलाहरूलाई ६ महिने ब्युटिसियन तालीम दिइएको र माग अनुसार पुनः दिने गरिएको नारी समाज पोर्चुगल जनाएको छ ।

साथै समाजले पारिवारिक समस्या समाधान गर्ने गरेको छ भने महिलाहरुको सस्था भएता पनि पुरुषहरूको समस्या समेत सुल्झाउने गरेको जनाएको छ । समाजले महिला, पुरुषको पक्षमा मात्र नभई बालबालिकाहरुको क्षेत्रमा पनि काम गरेको छ । पोर्तुगलमा रहने बालबालिकाहरुले नेपाली भाषा नबिर्सिउन भन्ने हेतुले हिउँदे बिदाको सदुपयोग गर्दै एनआरएन पोर्तुगलको समन्वयनमा निशुल्क भाषा कक्षा संचालन गरिएको थियो । भने बालबालिकाको लागि चित्रकला प्रदर्शनी समेत गरिएको थियो । साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र महिला संघको आयोजनामा नेपाली बाल पुस्तक प्रकाशन गर्ने तयारी गरेको संघकि महासचिव मिना खरेलले जानकारी दिनुभयो ।

समाजले महिलाहरुको स्वास्थ्य र भाषालाई मध्यनजर गर्दै पोर्तुगलको डोना स्थाफानिया नामक हस्पिटलमा दोभाषे राख्न माग गरेको जनाएको छ । पोर्तुगलमा हुने प्रत्येक कार्यक्रमहरुमा कृयाशिल रहने नारी समाजले कला सस्कृती जोगाउन परदेशी भुमिमा आफ्नो सस्कृतिको प्रचार प्रसार समेत गरेको छ । भने स्वदेशमा गएका दैबी प्रकोपको बेलामा समेत सहयोग गर्ने गरेको महासचिव खरेलले जानकारी दिनुभयो । द्द वर्षे कार्यकाल रहेको नारी समाजको पहिलो अधिवेशनमा ६ जना साधारण सदस्य रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ