बाजुरामा जैतुन परिक्षणको भित्री कथा : बाह्र बर्षमा सोह्र करोड लगानी , आठ लिटर तेल उत्पादन

लक्ष्मण जोशी —

लागतका हिसावले बाजुरामा उन्नत जातको जैतुनको मुल्य प्रति लिटर रु २ करोडमा उत्पादन भएको देखिन्छ ।

प्रकाशित मिति:

लक्ष्मण जोशी

प्रष्टिकरण : केही समय अघि बाजुराको विकासको बारेमा अत्यन्त चासो राख्ने र विकासका काममा सधै जसो सक्रिय भइरहने सामाजिक अभियान्तासँग अहिलेका स्थानिय तहले गरेका कामको बारेमा अनौपचारिक रुपमा चिया गफ गर्ने क्रममा चीन,भारत,सिंगापुर र मलेसियाले बिकासमा गरेको प्रगति र विकासका मोडेलका बारेमा प्रशिक्षण गर्नुभयो । विकासका बारेमा मैले पढेको,देखेको र भोगेको भन्दा नयाँ किसिमले बुुझाउने प्रयास गर्नुभयो । मेरो बुझाईमा विकास भनेको जनताले गाँस,बास,कपास,शिक्षा र स्वास्थ्यको सुनिश्चिता हुनु,परिश्रम गरेर खानु र अरुको मन दुख्ने काम कहिल्यै नगर्नु,साँचो र गलत कुरा छुटयाँएर साँचो कुराको वकालत र गलत कुराको बिरोध गर्नुपर्छ,भनेर बुझेको हुनाले त्यो प्रशिक्षण मेरा लागि महाभारत नै भयो ।
एक दशक यता बाजुराको विकासमा जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको जैतुनले समुदायमा के कस्तो प्रभाव पारेको रहेछ भनेर जैतुनका नाममा भित्रियाका कार्यक्रमहरुकोे बारेमा बिभिन्न स्रोतका आधारमा लेख तयार पारेकोछु । लेखलाई पुर्णता दिनका लागि केहि प्रतिनिधिमुलक फोटोहरु पनि समाबेश गरेकोछु । लेखको आसय कुनै ब्यक्तिको सम्पत्तीको खोजी गर्नु,पार्टी,ब्यक्ति र संस्थाकोे बिरोध,टिकाटिप्पणी र चरित्र हत्या गर्नु नभई बास्तबिकता पेश गर्ने जमर्को गरेको हुनाले आम पाठकले सकारात्मक रुपमा ग्रहण गर्नु हुनेछ भन्ने बिश्वास गरेकोछु ।
केही तथ्यहरु :
तथ्य १ : बाजुरामा हजारौं बर्ष देखि राष्ट्रिय बनहरुमा जंगली लौठ ९जैतुन० भएपनि यसको उपयोगिता र बैज्ञानिक नामको बारेमा सन २००६ जुनमा इटालीको तुसिया बिश्वविद्यालय र जनप्रकाश उ.मा.वि. को साझेदारी र एच.आर.सी.बाजुराको सहजिकरणमा संचालनमा आएपछि मात्र बाजुराका केहि समुदायले जान्ने र बुझने मौका पाए ।
तथ्य २.जनप्रकाश उ।मा।वि।मा २८ जातका ६३८ बिरुवा रोप्ने काम सम्पन्न पश्चात समुदायमा जैतुनको बारेमा जनचेतना फैलाउने क्रममा “बाजुराको गरिवी निवारणका लागि जैतुन” भन्ने नारा तय गरिएको थियो । आगामी दिनमा जैतुन नै जनप्रकाशको आम्दानीको मुख्य स्रोत हुने र यस क्षेत्रका जनताको कायापलट हुने बिश्वास गरिएको थियो ।


तथ्य ३ : जनप्रकाशमा लगाइएका २८ जातहरु मध्ये ४ वटा जात (नोचेलारा,कोराटिना,लेचिनो र पेण्डोलिनो) सिफारिस भएकाछन । जैतुनका नाममा १२ बर्षको पिरियडमा १६ करोड भन्दा बढी लगानी भएको देखिन्छ । उत्पादनका हिसावले १० बर्षको अवधिमा उन्नत जातको जैतन बाट ५० केजी दाना बाट ८ लिटर तेल उत्पादन भएको देखिन्छ । जैतुन तेलको बजार मुल्य रु २ हजार  देखि २ हजार ५ सय रहेकोछ । लागतका हिसावले बाजुरामा उन्नत जातको जैतुनको मुल्य प्रति लिटर रु २ करोडमा उत्पादन भएको देखिन्छ ।


तथ्य ४: उन्ननत जात बाट उत्पादन भएको ८ लिटर र स्थानिय जात बाट निकालिएको ३९।६ लिटर तेल किसानहरुले देख्न र उपभोग समेत गर्न पाएको देखिदैन भने अहिले जनप्रकाशको ल्यावमा समेत देखिदैन । उत्पादन भएको तेल जिल्लाका कार्यालय प्रमुख देखि मन्त्रालयका सचिव,राजनीतिक दलका नेता,कार्यकता देखि देशका मन्त्री,प्रधानमन्त्री र राष्ट्रपतिलाई हस्तान्तरण गरेको फोटो सामाजिक संजालमा देख्न र पढन पाइएको थियो । कुनै पनि चिज प्रति माया हुनको लागि त्यसको स्वाद,महत्व र उपयोगिताको बारेमा जानकारी नभइ त्यसको संरक्षण हुदैन ।
तथ्य ५ :  जैतुनको आयु हजारौ बर्ष भने पनि प्रेम बहादुर अर्याल र नन्द बहादुर शाहीले लगाएको व्यक्तिगत बगैचाका बिरुवा नसुक्न तर जनप्रकाश उमाविमा लगाएका जैतुनका बिरुवामा कम्पोष्ट मल प्रयोग गर्नुको साटो युरिया मल र प्रयाप्त सिंचाइ नगरेका कारण कार्यक्रम फेज आउट संगै जैतुनका बिरुवा सुकिरहेकाछन । कुण्डा क्षेत्रका जनताको गरिवी निवारणमा सहयोग पुग्ने अपेक्षा गरिएको जैतुन फल्नुको साटो काँस फुले झै फुलिरहेकोछ । न जनताको गरिवी निवारण भयो नत बिद्यालयको आम्दानी बढयो । जनप्रकाश,जनेश र जैतुनको क्षेत्रमा करोडौ लगानी बालुवामा पानी साबित भएकोछ ।
तथ्य ६:  बाजुराको जैतुनका बारेमा साठीको दशकमा स्थानिय,राष्ट्रिय र अन्र्तराष्ट्रिय मिडियामा चर्चा परिचर्चा पाए संगै नरेश कुमार शाही र कर्ण बहादुर थापाकोे पहलमा सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा सरकारले जैतुन कार्यक्रमलाई नीति तथा कार्यक्रममा ल्याए पश्चात बाजुरालाई जैतुन जोनको रुपमा घोषणा गरिए पश्चात जैतुन विकास केन्द्र कोल्टी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (जोन/जैतुन) पिलुचौरमा २०७३/०७४ देखि २०८२/०८३ सम्म काम गर्ने गरि स्थापना भएकाछन ।


तथ्य ७ : जैतुनको क्षेत्रमा काम गर्नका लागि अग्नीराज शाही (गैसस महाँसघका अध्यक्ष) को अध्यक्षतामा सहकारीको प्राबधान अनुसार जैतुन सहकारी स्थापना भएको देखिन्छ । जैतुन सहकारीले केहि समय सदस्यहरु बाट बचतलाई निरन्तरता दिएपनि अहिले बचतको कारोबार अलपत्र अवस्थामाछ । नेपाल सरकारको अनुदान सहयोगमा बुढीनन्दा नगरपालिका वडा नं १ मटेलामा रु ६० लाखमा निमार्ण गर्ने भनिएको जैतुन सहकारीको भवन ५ बर्ष देखि अलपत्र अवस्थामा देखिन्छ । जैतुन सरकारीले बार्षिक १२,००० बिरुवा उत्पादन गर्ने लक्ष्य राखेर रु ३ लाख खर्च गरेर निमार्ण गरेको नर्सरीमा झार बाहेक केहि देखिदैन ।
तथ्य ८:  जैतुनको क्षेत्रमा बुढीनन्दा नगरपालिका वडा नं १ मटेलामा हिमालय अर्गानिक ओलिभ फर्म तथा रिसर्च सेन्टर प्रालि संचालनका लागि नीर बहादुर शाही ९जिल्ला सहकारी संघका अध्यक्ष जनेश भण्डारी  (शिक्षक) नरेश कुमार शाही (युवा राजनिीतज्ञ) लगायतका ब्यक्तिले स्थापना गरेर काम गरेको देखिन्छ । उक्त कम्पनीले नेपाल सरकार फलफुल विकास निर्देशनालय बाट हाइटेक प्रविधिको नर्सरी स्थापनाका लागि ५० लाख,मेसिन खरिद र घर निमार्णका लागि रु ४० लाख अनुदान,जैतुन विकास केन्द्र कोल्टी बाट नर्सरी स्थापनाका लागि रु ३ लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (जोन÷जैतुन) पिलुचौर बाट सिंचाइ र घेरबारका लागि रु ६ लाख लिएको देखिन्छ । बिभिन्न स्रोतहरु बाट लिएको रकमको सहि सदुपयोग भएको देखिदैन । बार्षिक १ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीको नर्सरीमा एक हजार बिरुवा पनि देखिदैनन ।


तथ्य ९: जोन कार्यक्रम घोषण संगै जैतुन विकास केन्द्रको कार्यालय कोल्टीमा स्थापना भएकोछ । कार्यालयको मुख्य उद्धेश्य जैतुनको सम्भाव्यता भएका १० जिल्लाका लागि जैतुन नर्सरी स्थापना र बिरुवा उत्पादन,जैतुन फार्म केन्द्र स्थापना र जैतुन प्रचार प्रसार तथा तालिम कार्यक्रम संचालन गर्नु रहेकोछ । फार्मका लागि प्राविधिक टोलीले साविकको जगन्नाथ गाविसको वडा नं ४ को मसाडेमा सिफारिस गरेपनि राजनीतिक पहुँचका आधारमा साविकको कोटिलाको बिरसैनमा लिने पनि अहिले सम्म जग्गा खरिद हुन सकेकोछैन । आ।व २०७३/०७४ मा जग्गा खरिदका लागि आएको रकम रु ८० लाख फ्रिज जानु, आ।व २०७४/०७५ मा घर निमार्णका लागि आएको रुकम रु ७५ लाख फ्रिज जानुले यस बर्ष कार्यालय रहने नरहने अन्यौल देखिन्छ भने श्रावण यता कर्मचारीले तलब नपाएको र कार्यालय सहयोगीको रुपमा कार्यालय संचालनमा रहेको देखिन्छ । फार्म स्थापना गर्न नसक्दा करोडौ पैंशा फिर्ता हुनुले के बाजुराको विकास सम्भव होला ?
तथ्य १०:  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई९जोन÷जैतुन० पिलुचौरमा कार्यालय स्थापना संगै जोन विकास कार्यक्रम संचालन कार्यविधिमा आधारित रहि ९ जनाको संञ्चालन समिति गठन गरिएकोछ । कार्यालय बाट समुदायले प्रत्यक्ष राहत पाएकाछन । जसमा बाँधु मा।वि।मा प्राविधिक शिक्षालय स्थापना,भकारो सुधार कार्यक्रम र क्षेत्र बिस्तार कार्यक्रमका कारण अहिले जंगली जैतुनको संरक्षणमा सहयोग पुगेको देखिन्छ । बिगत २ बर्षको प्रतिबेदनका आधारमा जोन संचालक समितिले योजना छनौट गर्दा समुदायको मागमा आधारित भन्दा समितिका सदस्यलाई प्राथमिकता दिएको देखिन्छ । जसमा कपुर अधिकारी र जनम धामीलाई नर्सरी स्थापनाका लागि रु ३० लाख अमृता खड्कालाई कष्टम हाइरिङ्गमा पिकअप भ्यान खरिदका लागि ८ लाख ४२ हजार ८५० , विनियोजन गर्नु र उक्त भ्यान व्यक्तिगत प्रयोजन हुनु र अधिकारी नर्सरीमा जमिनको माटो समेत सम्याएको देखिँदैन ।

बाजुरामा सन २००६ देखि २०१८ सम्म निजी साझेदारी,सहकारी,कम्पनी र सरकारी सबै मोडल लागु भएपनि जनतालाई प्रत्यक्ष लाभ पुगेको देखिदैन । जैतुनका बिरुवा उत्पादन गर्नका लागि करोडौं लगानी गरिएका नसरीको बार्षिक बिरुवा उत्पादन क्षमता २ लाख ४२ हजार । भए पनि यो बर्ष सबै नर्सरीको बिरुवा संख्या जोडने हो भने २० हजार भन्दा बढी देखिदैन । जैतुनको क्षेत्रमा काम गर्ने निकायहरु बिच समन्वय नहुदा बिरुवा उत्पादनमा जोड दिनुको साटो मेसिन खरिदमा जोड दिएको देखिन्छ । गत बर्ष किसानहरुले स्थानिय जातको बिरुवा जिल्ला बन कार्यालयले स्थापना गरेका नर्सरी बाट प्रति बोट रु ५० र उन्नत जातको बिरुवाको रु २५० तिर्नु परेको थियो । जैतुनका नाममा स्थापना गरिएका नर्सरीहरु जनतालाई लाभ दिने खालका भन्दा पनि जनतालाई सेतो प्लाष्टिक र हरियो नेट हाउस देखाउनका लागि बनाए जस्तो देखिन्छ । बाजुरामा जंगली जैतुनको क्षेत्रफल ७ सय २ हेक्टर र जंगली जैतुनको बार्षिक उत्पादन क्षमता ५ हजार ६सय ५ क्वीन्टल देखिन्छ । जनप्रकाशले ल्याएको मेसिनको क्षमता प्रति घण्टा ५ सय के।जीतेल दान पेल्न सक्ने क्षमता रहेकोछ । जैतुनको क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरुले स्वदेश देखि बिदेश सम्म भ्रमण गर्नु भएको हुनाले बिदेशमा देखेको,सुनेको र सिकेको ज्ञानलाई बाजुरामा लागु गरयौं । जैतुनको क्षेत्रमा काम गर्ने राजनीतिज्ञ,शिक्षक,सामाजिक अभियान्ता,नागरिक अगुवा र राष्ट्र सेवक कर्मचारीहरु भएको हुनाले सबैको उद्धेश्य गरिवी निवारण गर्नु र जनताको मुहारमा खुुसी ल्याउनु नै होला रु बि।स। २०६८ सालको जनगणना अनुसार बाजुरेलीको जनताको औषत आयु ३९ बर्ष रहेकोछ । बाजुरेली जनताका फुटेका खुट्टा र चाउरीका अनुहारमा जैतुनको तेल मालिस गरेर हुने होकी आम्दानी बढाएर हुने हो जनतालाई लाभ हुने खालका कार्यक्रमलाई अगाडी बढार्औ ।