ॐ हेर्नुहोस् आजको राशिफल २०७५ पौष २१ गते, शनिबार !

प्रकाशित मिति:

मेष राशिः मित्र लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै मनमा अस्थिरता रहनेछ ।

मिथुन राशिः मित्र लाभ हुनेछ, श्रीवृद्धिका साथै कार्यम उन्नति हुने देखिन्छ ।

कर्कट राशिः आय बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कन्या राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरतका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

तुला राशिः व्यापारमा उन्नति हुनेछ, आर्थिक वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः कार्य लाभ हुनेछ, भौतिक वसतु लाभदायी रहनुका साथै मनमा प्रशन्नता रहनेछ ।

धनु राशिः मीष्ठान्न लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राक योग देखिन्छन् ।

मकर राशिः शत्रु भय रहनेछ, कार्यम अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।

कुम्भ राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

मीन राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मनमा प्रशन्नता रहनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५