जि ट्वाईन्टी फाईव क्लवको बृहत रक्तदान

प्रकाशित मिति:

२१ पौष ,बुटवल ।
जि ट्वाईन्टी फाईव क्लव बुटवल ११ देविनगरले शनिवार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपलिकाका वडा १३का अध्यक्ष राम चन्द्र क्षेत्रीले कार्यक्रमको समुद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले क्लवले विगतका वर्षहरु देखि नै रक्तदान कार्यक्रम राख्दै आएकामा सम्मान भाव व्यक्त गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
साथै क्लवको भुमिकालाई अझ बलियो र अझ सामाजिक बनाउन नगरको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्यता समेत व्यक्त गरेका थिए ।
त्यस्तै , संंस्थाका अध्यक्ष रमेश कुमार जोशीले संस्थालाई बलियो बनाउन र निरन्तर संस्थाका उद्देश्यहरुलाई पुरा गर्न सवै क्षेत्रका व्यक्तिहरुको साथ र सहयोग आवश्यक रहने औलाए ।
सो रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकल भएको संस्थाका उपाध्यक्ष सुभाष रायमाझीँले जानकारी दिए । उनले विगतका वर्षहरु भन्दा संस्थाको कार्यक्रममा रक्तदान गर्नेहरुको संख्यात्मक बृद्धि समेत हुदै गऐको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहाकार प्रेम प्रसाद पाण्डे , विमल राज धिमिरे , दिपक गौतम लगाएत संस्थाका महासचिव धिरेन्द्र बज्राचार्य , कोषाध्यक्ष मनोज देउजा , सचिव जगदिश न्यौपाने लागएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन संस्थाका सदस्य सुनिल शाहीको रहेको थियो ।
रक्तदान रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।