जिल्ला तरकारी तथा फलफुल व्यवसायी संघ गुल्मीको तेस्रो अधिवेशन सम्पन्न

२१ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
36 Shares


रमेश विश्वकर्मा, २१ पौष । जिल्ला तरकारी तथा फलफुल व्यवसायी संघ गुल्मीले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न गरेको हो ।
अधिवेशनमा संघका सचिव शंखर मरासिनीले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको प्रगतिको बारेमा, संस्थाले अहिलेसम्म गरेको काम, कर्तव्य अनि संस्थाको नयाँ रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

त्यस्तै कोषध्यक्ष बाबुराम पाण्डेले आर्थिक प्रगतिको बारेमा जानकारी गराएका थिए । उनले आर्थीक वर्ष २०७४÷०७५ को तीन लाख ३४ हजार २ सय ७२ बराबरको आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले दास्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि ३ वर्षको अवधिमा गरेका कामहरुको बारेमा अध्यक्ष यमलाल बेलबासे जानकारी गराए थिए । उनले रेसुड्गाको गर्जूरामा वृक्षरोपण, दजाकोट आगलागी हुँदा गरेको सहयोग एवम् प्रदेश आन्दोलनमा उद्योग वाणिज्य संघ गुल्मीलाई गरेको आर्थीक सहयोग समेत स्मरण गराएका थिए ।
अधिवेशनले आगामि ३ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले यमलाल बेलबासेलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गर्दै ११ सदस्यीय कार्य समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा मनबहादुर बस्नेत, सचिवमा कृष्णप्रसाद पन्थी, कोषाध्यक्षमा भगवति पाण्डे चयन भएका छन ।

सदस्यहरुमा सिता केसी, कमला पाण्डे, लुमाकान्त आचार्य, दिपक आचार्य, टेमनारायण पाण्डे, कृष्ण पाण्डे र गोविन्दप्रसाद घिमिरे रहेका छन ।
जिल्ला निर्वाचन गुल्मीका अधिकृत श्यामलाल पाण्डेको विशेष उपस्थितीमा नयाँ कार्य समिति चयन भएको हो । साथै पाण्डेले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
अहिलेसम्म यस संस्थामा साधारण साथै आजीवन सदस्य गरि २०३ जना आवद्ध रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया