बुटवलमा सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयोजन तथा दंगा प्रहरी नियन्त्रण गण तथा पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको सहयोगमा सरसफाई गरिएको छ ।
बेलहिया बुटवल व्यापारिक मार्ग परियोजना अन्तर्गत बुटवल राजमार्ग चौराहदेखि ट्राफिकचोक सम्मको सडक डिभाईडरको विचमा विभिन्न क्लबहरुले लगाएका बिरुवाहरुलाई संरक्ष्ँण गर्ने गरी सरसफाई गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बुटवल नगरको हरियाली र सुन्दरतालाई बचाई राख्ने दायित्व बुटवल उपमहानगरपालिका संगै सामाजिक संघसंस्थाहरुको पनि भएको बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी  उपरिक्षक गणेश भट्ट, दंगा नियन्त्रण प्रहरी गणका प्रहरी उपरिक्षक दिल बहादुर देउवा लगायतको सहभागिता रहेको थियो ।