सरकारले जनतालाई सेवा सुविधा दिनुको सट्टा बढी निरंकुश बन्दै दमन गरेको नेता यादवको भनाई

५ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले दुई तिहाईको दम्भमा सरकार राणाशासन कालको भन्दा बढी निरंकुश बन्दै गएको बताउनुभएको छ । शनिबार रिपोर्टस क्लबमा नेता यादवले सरकारले जनतालाई सेवा सुविधा दिनुको सट्टा राणा शासनमा भन्दा बढी निरंकुश बन्दै जनतामाथि कर थप्ने काम गरेको बताउनुभएको हो ।सरकारलाई समर्थन गरेर पनि आफुहरुले राज्यको अनुभुति गर्न नसकेको भन्दै उहाँले सर्वसाधरणको दैनीकि प्रति सरकार जिम्मेवार बन्न नसकेको टिप्पणी गर्नुभयो ।

तराईका जिल्लामा उखु किसानको १० अर्ब रुपैयाँ अझै पनि उखु मिल सञ्चालकले नदिएको भन्दै उहाँले त्यसतर्फ सरकार गम्भीर बन्न नसकेको गुनासो गर्नुभयो ।उहाँले सरकार आफैंले गरेको प्रतिवद्धता पूरा गर्न असक्षम भएको टिप्पणीे गर्नुभयो । सिण्डिकेटको अन्त्य , ठेगेदारलाई कारवाही तथा संविधान संसोधनका लागि आफुहरुसंग गरेको सहमति पुरा गर्नबाट सरकार पछि हटेको उहाँको तर्क थियो ।सहमति अनुसार अझै पनि आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाई नभएको, मुद्दा फिर्ता गर्ने काम नभएको तथा विभिन्न समयमा भएका मधेस आन्दोलनका प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उहाँले सरकारप्रति असन्तुष्ठी जनाउनुभयो ।उहाँले वर्तमान अवस्थामा सरकार भन्दा पनि मुद्धाको सम्बोधन आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया