बस दुर्घटनामा ५ स्कुले बालबालिकासहित ६ को मृत्यु

प्रकाशित मिति:

पुष २२ बुटवल । भारतको हिमाञ्चल प्रदेशस्थित दुर्गम गाउँमा भएको बस दुर्घटनामा परी मर्नेको संख्या ६ पुगेको छ । मर्ने सबै स्कुले बालबालिका रहेको र बस चालकको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सिरमाउर जिल्लाका वरिष्ठ प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा परी मरेका बालबालिकाहरु ४ देखि १४ वर्ष उमेरका रहेको बताउनुभएको छ । दुर्घटनाको वास्तविक कारण अझै खुलेको छैन ।

लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाञ्चलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ ।