शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखायो : कांग्रेस सभापति देउवा

प्रकाशित मिति:

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको  भत्र्सना र निन्दा गर्नुभएको छ ।

प्रहरीसँगको झडपमा घाइते भई उपचार गराइरहेका तरुण दलका सभापति जीतजंग बस्नेत लगायत घाइतेहरुलाई भेट्न सिभिल अस्पताल पुगेका देउवाले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गर्नुभएको हो ।सरकारले अपराधपूर्ण तरिकाले तरुणदलका अध्यक्ष सहित आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको दावी गर्नुभयो । उहाँले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आइन्दा यस्तो काम बन्द गर्न सरकारलाई चेतावनी पनि दिनुभयो ।

पूर्व–घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा तरुण दलका अध्यक्ष बस्नेतसहित तीन दर्जन बढी घाईते भएका थिए ।