अन्ततः दीपक मनाङे माननीय नबन्ने !

प्रकाशित मिति:

पोखरा, २२ पुस – मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेको सपथ रोकिएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई सपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन् ।
मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।