सुगतरत्न कंसाकारलाई कालो मोसो देल्ने माओवादी कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

पुस २२, काठमाडौं– नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा गएर कालो मोसो दल्ने एकजना व्यक्ति पक्राउ परेका छन् । मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगका सदस्य पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङ छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले तामाङलाई थानकोटबाट पक्राउ गरेको हो ।
तामाङ क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य हुन् । शुक्रवार अपराह्न ३ः४० बजेतिर तामाङसहित क्रान्तिकारी युवा लिगका कार्यकर्ताले नेपाल वायुसेवा निगमको सुन्धारास्थित प्रधान कार्यालयमा गएर कंसाकारमाथि कालो मोसो दलेका थिए ।