दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा

प्रकाशित मिति:

दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ,बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि- “हे भगवान! यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम? पेट भरिने गरी कहिले खान पाइएला माम?” यसैसन्दर्भमा आज हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ: माता पार्वतीको शङ्कादोष एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन्- “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु। फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु। अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि दुःखी छ, हजुर उसैलाई बढि दुःख दिनुहुन्छ र जसको आँगनमा सुन बिच्छ्याइएको हुन्छ, हजुर उसैको छानामा हीरा वर्षाउनुहुन्छ। यस्तो भेदभाव किन प्रभो?”
माता पार्वतीको प्रश्न गम्भीर थियो। उनको मनमा पसेको शङ्काको अङ्कुरलाई हटाउन शिवले पार्वतीलाई धर्तीमा मनुष्यको रूप लिएर जान आग्रह गरे। दुवैजना पतिपत्नीको रूप लिएर एक गाउँमा आइपुगे र त्यहिँ बसोबास गर्ने निर्णय गरे। शिवले पार्वतीलाई भने- “हे गंगे! हामी तिम्रा प्यारा मनुष्यको धर्तीमा छौँ र हामी पनि मनुष्यकै रूप लिएर आएका छौँ। त्यसैले हामीले पनि मनुष्यकै नियम पालना गर्नुपर्दछ। म भोजनको लागि सामग्री जुटाउन जान्छु, तिमी चुल्होको निर्माण गर्दै गर!”
त्यसपछि मानवरूपी शिव त्यहाँबाट भोजनको सामग्री जुटाउन हिँडे र माता पार्वती चुल्होको लागि इँटाको व्यवस्था गर्न गाउँतर्फ लागिन्। उनले त्यहाँ जीर्ण अवस्थामा रहेको घरबाट इँटा झिकिन् र त्यसैबाट चुल्हो तयार पारिन्। चुल्होको निर्माण हुने बित्तिकै भगवान शिव खाली हात त्यहाँ प्रकट भए र पार्वतीले सोधिन्- “खै त प्रभु भोजन? हजुर त खाली हात आउनुभयो, अब के खाने?” अधिकांश पबित्र मन्दिरहरुमा यौनक्रिडाका दृश्य किन बनाइयो ? (१० किम्बदन्ती)