पत्रकार एमडी कुलुङको निधन

प्रकाशित मिति:

पुष २२ काठमाडौं । पत्रकार मकरध्वज (एमडी) कुलुङको आइतबार बिहान निधन भएको छ। राजधानीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। कुलुङ राजधानी राष्ट्रिय दैनिकमा वरिष्ठ उपसम्पादकका रूपमा कार्यरत थिए। केही दिनदेखि अस्वस्थ रहेका उनी शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए। कुलुङका एक श्रीमती र एक छोरा छन्।