गगन भन्छन् : ‘सभामुखज्यू कार्यकर्ता जस्तो बन्नुभयो, प्रश्न गर्न नपाएसम्म विरोध जारी रहन्छ’

२२ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
154 Shares


पुष २२ काठमाडौं । नेपाली काँग्रेसका सांसद् गगन थापाले सभामुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसदमा आईतबार विरोध प्रदर्शन गर्न काँग्रेस बाध्य भएको प्रतिक्रिया दिएका छन् । संसद् बैठक पछि हाम्राकुरासँगको कुराकानीका क्रममा सांसद् थापाले प्रधानमन्त्रीले सम्बोधनको क्रममा नै प्रश्न सोध्नको लागि ५ मिनेटको समय माग गरेको बताए । तर, सभामुखले प्रधानमन्त्रीको सफ्टेरो हेर्दै पार्टी कार्यकर्ता जसरी प्रतिपक्षीलाई प्रस्न सोध्न समय नदिएको आरोप लगाए । हामी प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसद्मा विरोध जारी राख्छौं, सांसद् थापाले भने सभामुख ज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसद्मा काँग्रेस विरोधमा उत्रिएको हो । थापाले भने ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्न मन थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो, संसदमा किन आउनुपर्थो ?’ संसदको नियमावलीको २१९ मा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने प्रावधान छ । सोही प्रावधान अनुसार सभामुखको अनुमति लिएर प्रतिप्रश्न गर्न पाउने व्यवस्था बमोजिम काँग्रेसले प्रश्न गर्न समय माग गरेको थियो ।

नेपाली काँग्रेसले नाराबाजी गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको संसद बैठक साढे ३ बजेसम्म पनि बस्न सकेन । संसद् बैठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली संसद्बाट बाहिरिएका थिए । उनी बाहिरिएपछि फेरि काँग्रेसले संसद्मा अवरोध गर्ने देखेपछि निर्धारित समयमा बैठक बस्न सकेन । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्तावमा उठेका प्रश्नको जवाफ पछि थप प्रश्न माग गर्दैै काँग्रेस सांसदहरुले समय दिन आग्रह गरेका थिए । सो आग्रहमा पछिल्ला कार्यतालिकामा समय दिन सकिने भन्दै सभामुख कृष्ण बहादुर कहराले अहिले कार्यतालिका नभएको भनेपछि काँग्रेस सांसद्हरु प्रदर्शनमा उत्रिएका हुन् ।

विरोधकाबीच सभामुख महराले संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्ति भरण सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि समय दिएका थिए । सो समयमा काँग्रेस सांसद्हरुले चर्काे नाराबाजी गरेका थिए । सभामुख महराले प्रधानमन्त्रीको संम्बोधनमा प्रश्न गर्नको लागि सीमित सदस्यहरुको लागि मात्रै समय दिने बताएका थिए । सभामुख महराले प्रत्येक सदस्यलाई १ मिनेटको दरमा समय दिने बताएका थिए । तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेपछि सभामुख महराले दिएको समय पनि फिर्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया