नेकपा कपिलवस्तुको नगर कमिटीको बैठक सम्पन्न

प्रकाशित मिति:

इमरान खान
कालिवस्तु २२ पुस / नेकपा पार्टी कार्यालय कपिलवस्तुमा आइतबार सम्पन्न भएको छ । उक्त बैठकले ८१ सदस्सीय नेकपा कपिलवस्तु नगर कमिटी गठन गरेको छ । नेकपा कार्यदल सदस्य एवं जिल्ला अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला सचिव राम चन्द्र शाह (बिष्नु शाह), नेकपा कार्यदलका सदस्य भानु प्रकाश श्रेष्ठ, नेकपा प्रदेश नं. ५ का सदस्य खुम प्रसाद अचार्य, सत्य नारायण त्रिपाठी,शान्ति देबी हारीजन तथा नेकपा का बरिष्ठ नेता बाबुराम खनाल लगायतको उपस्तिथि थियो । कार्यक्रमको अध्यक्षता नेकपा कपिलवस्तु नगर कमिटीका अध्यक्ष सरिता अचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा नगर कमिटी सचिव अवधेश कुमार उपाध्यायले गरेका थिए ।