ल्होसार पोर्तुगलमा भव्य रुपमा मनाईयो

प्रकाशित मिति:

पुनम गौतम लिस्बोन, सबलपोष्ट \ तमु गुरुङहरुको सबैभन्दा मुख्य र बृहत पर्व ल्होसार पोर्तुगलमा भव्यरूपमा मनाइएको छ । यो बर्ष २६०३ औं ल्होसार पर्व हो । तमु ल्होसारको मुख्य दिन पुष १५ गते हो, जुन यसपाली डिसेम्बर ३० तारिख परेको थियो । तर समयको अनुकुलता र सहजतालाई मध्यनजर गर्दै पोर्तुगलमा भने आइतबार अर्थात जनवरी ६ तारिख विशेष समारोह आयोजना गरि मनाइएको हो ।स्वदेश तथा बिदेश जहाँ भएता पनि हामी नेपाली भएकाले नेपालको सस्कृति संरक्षणमा सदैव लाग्नुपर्ने लिस्बनका लागि अवैतानिक नेपाली बाणिज्यदूत मकर हमालले बताउनु भयो । उहाँले नेपाल चार जात छत्तिस वर्णको फुलबारी भएकाले नेपालीहरुले बिदेशमा पनि सस्कृती संरक्षण गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बाणिज्यदुत हमालले नेपालीहरुको उत्साहले बिदेशीभुमिमा नेपाली सस्कृती मनाउन पाउनु गर्भको कुरा भएको बताउनुभयो ।

पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएनए पोर्तुगलका संस्थापक अध्यक्ष तथा जन सम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पुर्ण हमाल, एनआरएनए आसिसी सदस्य नरेन्द्र हमाल, एनआरएनए आसिसी सदस्य पेम्बा शेर्पा, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपालबाट आएका तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको उपस्तिथितिमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । तमु समुदायका महिला तथा पुरुषहरुले आफ्नो मौलिक साँस्कृतिक भेषभुषा सहित उपस्थिति हुँदा लिस्बनलाई मिनि नेपालको झझल्को दिएको थियो भने आफ्नो भाषा र संस्कृतिको पहिचान पहिरनमा झल्किएको थियो । तमु समाज पोर्तुगलका अध्यक्ष प्रितम तमु गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।