बर्दघाटमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

प्रकाशित मिति:

पौष २३/ सबल पोस्ट
पश्चिम नवलपरासीको बर्दघाटमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार आइतबार अर्घाखाचीबाट कठमाण्डौको लागी हिडेको लु २ ख १३६ नम्बरको यात्रु बाहक बसले बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाट स्थित सजिंवनी मेडिकल अगाडी पुर्वपश्चिम राजमार्गमा बाटो काट्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको हो ।

सो दुर्घटनामा परि घाइते भएका भारतको गुंडा जिल्ला स्थित बलरामपुर बस्ने बर्ष अन्दाजी २४, २५ को झल्लर पाण्डेलाई उपचारको लागी नजिकैको चिसापानी असपतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको र साइकल पछाडी सवार सोही ठाउ बस्ने मिथुन पाण्डे सामान्य घाइते भएको बर्दघाट प्रहरी प्रमुख बुद्धि सागर पुरीले जानकारी दिनुभएको छ । ठक्कर दिने बस र बस चालक ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पुरी जानकारी दिनुभएको छ ।