नरदेवी बचत तथा ऋण सहकारी संस्था सुस्ता ३ ले नया नेतृत्व चयन

प्रकाशित मिति:

सबलपोस्ट/ पौष २३

नरदेवी बचत तथा ऋण सहकारी संस्था सुस्ता ३ मर्चहवाको ४ औं अधिवेशनले सर्वसहमत रुपमा नव सञ्चालक समिती सर्वसम्मत चयन गरेको छ । सम्पन्न अधिवेशनले पप्पु भेडियारको अध्यक्ष्तामा ७ सदस्यी नव सञ्चालक समिती सर्वसहमत चयन गरेको हो । नव गठित संचालन समितीको उपाध्यक्ष्मा अलिराजा अन्सारी,सचिवमा दिपक केवट चयन हुनु भएको छ । त्यसैगरि समितीको अन्य संचालन सदस्यहरुमा पारस बडघै,रागनिदेवि,प्रवेश कोइरी,रामाज्ञा कोइरी चयन हुनु भएको बताइएको छ ।

संस्थाको अध्यक्ष पदमा सर्वसहमत चयन हुनु भएका अध्यक्ष भेडियारलेआफ्नो कार्यकालमा सहकारी सिद्धान्त र निति अनुसार शेयर सदस्यहरुको सहकहितलाई ध्यानमा राखि कार्य गर्ने विचार व्यक्त गर्नु भएको छ ।