बुधबारदेखि अनशन बस्छु : डा. केसी

प्रकाशित मिति:

काठमाडौं, २३ पुस – त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. ‍‍गोविन्द केसीले बुधबारदेखि अनशन बस्ने बताएका छन् । उनले चिकित्सा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरे बुधवरदेखि अनशन शुरु गर्ने बताएका हुन् । सोमवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी डा. केसीले समितिमा आफूसँगको सहमति अनुसार विधेयक पारित नगरे आफूले २५ गते पनि नकुर्ने बताएका हुन् ।
राजनीतिक दलका नेता र सांसदहरूप्रति आक्रोशित रूपमा प्रस्तुत भएका केसीले सांसदहरूले जनताको करबाट तलब भत्ता खाएर माफिया पोस्ने काम गरिरहेको आरोप लगाए । उनले नेकपा अध्यक्ष प्रचण्डलाई राप्तीमा मेडिकल कलेज खोलौँ भन्दा प्रचण्डले नमानेको बताए ।

थप समाचार