संसद चल्नुभन्दा अगाडि सभामुखले माफी माग्नुपर्छः गगन थापा

२३ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
61 Shares


काठमाडौं, २४ पुस । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दलसँग गरेको व्यवहारलाई लिएर माफी माग्नुपर्ने जनाएको छ । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको सम्बोधनपछि प्रश्न सोध्न पाउनुपर्ने माग कांग्रेसको थियो । तर, सभामुख महराले समय नदिएपछि कांग्रेसले हँगामा मच्चाएको थियो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु अगाडि नै संसद सचिवालयमा कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्नेभन्दै पाँचजना सांसदको नाम टिपाएको थियो । तर, सभामुख महराले कांग्रेसलाई प्रश्न सोध्ने अवसर नै दिएनन ।

सभामुख महराले बलजफती संसद अगाडि बढाएपछि कांग्रेसका सांसदहरू रोष्टमको अगाडि आएर नारावाजी गरेका थिए । सभामुख महराले कांग्रेसप्रति देखाएको व्यवहारमा क्षमा माग्नुपर्ने कांग्रेसको अडान छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सभामुख महराले कांग्रेसलाई थिचोमिचोमा राखेर संसद चलाउन खोजेको आरोप लगाए । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, ‘कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्षलाई सभामुख कृष्णबहादुर महराजीले यस्तो व्यवहार देखाउने ? यो कार्यप्रति उहाँले माफी माग्नुपर्छ । होइन भने कसरी सदन चलाउनु हुन्छ हामी पनि हेर्छौँ ।’ कांग्रेसका सांसद थापाले सभामुख महराले माफी नमाग्दासम्म सदन चल्न नसक्ने बताए । ‘आफूले गरेको कार्यप्रति सभामुखले क्षमा माग्नुपर्छ’, उनले भने, ‘होइन भने संसद चल्न सक्दैन । सभामुख सत्तारुढ दलको मात्रै होइन । सभामुख पद संसदमा रहेका सबै दलको साझा सम्पत्ति हो । महराजीलाई हेक्का रहनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्ष कहिल्यै पनि नपाउने नेता थापाले बताए । ‘कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्ष दल प्रधानमन्त्री ओलीजीले पनि कहिल्यै पाउनु हुन्न’, उनले भने, ‘सहमति र सहकार्यको संस्कृतिलाई उहाँहरूलाई छाडदै जानुभएको छ । कांग्रेसलाई पेलेरै लैजाने सोँच्नु भएको छ भने यो गम्भीर भुल हुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा