७१ वर्षमा अष्ट्रेलियालाई हराएपछि कोहली र अनुष्काले मैदानमै यसरी मनाए खुशी

प्रकाशित मिति:

पुष ,२३ काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको टेष्ट सीरीज २-१ ले जितेको छ। सिडनीमा भएको टेष्ट खेलमा पानी परेपछि खेल समाप्त भएको छ । सिडनी टेष्टको अन्तिम दिन पानीका कारण खेल रद्द भएपछि भारतीय टोलिले जितको खुशीयाली मनाएको हो । सो समय कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा मैदानमै खुशीयाली मनाए ।
विराट र अनुष्काले मैदानमा खुशीयाली मनाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । विराटले उक्त जीतपछि पत्नी अनुष्कालाई मैदानमा अंगालो हाले । अनुष्का शर्मा पिछिल्लो केहि हप्तादेखि अष्ट्रेलियामा रहेकि छन् । साथै विराटलाई साथ दिन प्राय हरेक खेलमा देखिने गरेकी छन् । विराट कोहलीले सो सीरीज जीतलाई करियरको सबैभन्दा ठूलो उपलब्धि बताएका छन् । भारतले ७१ वर्षपछि अष्ट्रेलियामा टेष्ट सिरिज जितेको हो । सिड्नी टेष्टको पाँचौं दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज जितेको हो ।