स्टेथोस्कोप अविष्कारको कहानी : जब डाक्टर बिरामी युवतीको छाती छुन लजाए

प्रकाशित मिति:

२३ पुस, काठमाडौं । अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ । तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको छ । चिकित्सा बिज्ञानमा यसलाई ठूलो अविष्कारका रुपमा पनि लिइन्छ ।
कसले गर्यो यसको अविष्कार ?
फ्रान्सका बैज्ञानिक रेने थियोफाइल हायसेनिक लिनेकले बनाएका थिए स्टेथोस्कोप । उनले यो स्टेथेस्कोप बनाउनुका पछाडि एउटा गज्जबको कहानी छ । सन् १९८७ मा फ्रान्समा भएका थियो यी डाक्टरको जन्म । उनले मेडिकल क्षेत्रको पढाइ आफ्नै काकाको रेखदेखमा गरे । त्यसपछि उनलाई फ्रान्सको क्रान्तिमा मेडिकल युनिटका रुपमा सहभागी हुन बोलाइयो । यसरी बिचमै रोकिएको आफ्नो पढाइ उनले १८०१ मा फेरि सुरु गरे । सन् १८१५ मा शाही सत्ता स्थापित भएपछि उनी नेककर नामक हस्पिटलमा काम गर्न थाले । लिनेकलेल स्टोथोस्कोपको अविष्कार १८१६ मा गरे । यसको एउटै कारण थियो, उनको लज्जा । यसको अविष्कार गर्नुअघि डाक्टरले बिरामी जाँच्दा उसको मुटु नजिकै कान राखेर धड्कन सुन्ने गर्थे । जब मुटुको बिरामीले ग्रस्त एक युवती उपचारका लागि आइन् उनलाई छातिमा कान राखेर धड्कन सुन्न अप्ठ्यारो महशुस भयो ।

आफूकहाँ आएको बिरामीलाई जाँच्नु पनि पर्ने भयो र भर्खरकी युवतीको छातिमा कान राख्न पनि असहज भएपछि उनले विकल्प सोच्न थाले । त्यसपछि उनले उपाय लगाए– कागजलाई मोडेर एक भाग उनको छातिमा राख्ने र अर्काे छेउबाट कानले सुन्ने । यसरी बनाएको कागजको ढुङ्ग्रोबाट ती युवतीको मुटुको धड्कन सुुन्न उनी सफल भए । त्यसपछि उनी आफ्नो कर्मबाट उत्साहित भए । उनी बाँसुरी बादक समेत भएकाले यस्तो आइडिया आएको भनिन्छ । त्यो प्रयोग सफल भएपछि उनले बाँसुरी बनाइने बाँसमा एकतिर माइक्रोफोन र अर्काेरित इयरपिस लगाए । त्यसपछि त मुटुको धड्कन अझ प्रष्ट सुनिन थाल्यो । उनले यसको नाम स्टथोस्कोप राखे । यो नामको राख्नुको पछाडि कारण छ । ग्रिक भाषमा ‘स्टेथोस’ को अर्थ छाति र ‘स्कोप’को अर्थ परीक्षण हुन्छ ।