नेपाल स्काउटको प्रमुख आयुक्तमा भण्डारी नियुक्त

प्रकाशित मिति:

पुष २३ काठमाडौं । नेपाल स्काउटको तदर्थ समितको संयोजकमा लोकबहादुर भण्डारीलाई नियुक्ती गरिएको छ । पाच वर्षदेखि रिक्त रहेको स्काउटको आयुक्तमा उहालाई नियुक्त गरिएको हो । यस अघि उहा नेपाल स्काउटको सचिव भैसक्नुभएको छ । नेपाल स्काउटका प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शपथग्रहण गराउनुभएको थियो । लगत्तै आयुक्त भण्डारीले स्काउटका प्रमुख संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर स्काउटको भावी योजनाबारे जानकारी दिनुभएको थियो ।

आइतबारनै मन्त्रालयले तदर्थ समितिका सदस्य नियुक्ती गरेको थियो । समितिका सदस्यहरूमा बिजेन्द्र ध्वजू, इन्द्रभूषण अधिकारी, शिवबहादुर भण्डारी र सीमा कर्ण छन् । प्रमुख आयुक्त भण्डारीले सरकारले दिएको जिम्मेवारी अनुसार चुनाव गरी नया नेतृत्व चयन गरिने जानकारी दिनुभयो ।