सरकार संसदको अधिकारमाथि धावा बोल्न खोज्योः पौडेल

प्रकाशित मिति:

पुष २३ नवलपरासी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडी खरिदमा भएको अनियमितता छानविनका लाथिग नभई ढाकछोप गर्न आयोग बनाएको आरोप लगाएका छन्। समाजवाद अध्ययन केन्द्र भक्तपुरले सोमबार नवलपरासीको हुप्सेकोट गाउँपालिकामा गरेको ह्वीलचेयर वितरण कार्यक्रममा पौडेलले भ्रष्टाचारको छानविनका लागि संसदले छानविन गरिरहेको अवस्थामा फेरि संसदलाई चुनौती दिँदै अर्को आयोग बनाउनु भनेको भ्रष्टाचार ढाकछोप गर्नु भन्दा अरू केही नहुने बताए।

उनले सरकार संसदको अधिकारमाथि धावा बोल्न लागेको बताए। पौडेलले सरकार सुशासन, विकास र सुरक्षा दिन असफल भएको टिप्पणी गरे। उनले मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको स्पष्ट पारे।