न्यूयोर्कमा वृहत रक्तदान सम्पन्न

प्रकाशित मिति:

अमेरीका सबलपोष्ट ४३औं रास्ट्रीय एकता एवं मेल मिलाप दिवसको उपलक्ष्यमा नेपाली कॉग्रेस को प्रवासमा रहेको संस्था जनसम्पर्क समिति अमेरिका लंगआईलेण्ड च्याप्टर न्यूयोर्क द्वारा Hicksville मा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताहरूले रक्तदान गर्नु भयो च्याप्टर सभापति विश्वराज वॉस्तोला का अनुसार रक्तदान कार्यक्रम मा Newyork state का Assemblyman Michael Montesano, जनसम्पर्क समिति अमेरिका तथा एनआर एन अमेरिका का नेता हरू न्यूयोर्क स्थित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधि एवं पदाधिकारीहरू व्लड डोनर अर्जुन प्रसाद मैनाली लगाएत विविध सामाजिक व्यक्तित्व तथा स्थानिय नेपाली समुदाय को वाक्लो उपस्थिति रहेको थियो । नेपाली कॉग्रेस का संस्थापक नेता जननायक विपी कोईराला विक्रम सम्वत २०३३ पौष १६ गते लामो समयको भारत प्रवास पछि रास्ट्रीयता खतरामा परेको महसूस गरी स्वदेश फर्केको दिनलाई नेपाली कॉग्रेस ले राष्ट्रीय एकता एवं मेल मिलाप दिवस को रूपमा मनाउॅदै आएको छ ।